काठमाडौं । जीप दुर्घटनामा परेर गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको उपचारको क्रममा मृत्यु भएको छ । कर्मचारी मिलन केन्द्रले आयोजना गरेको बनभोज कार्यक्रमबाट फर्कदै गर्दा गत माघ १२ मा भट्टराई चढेको जीप दुर्घटनामा हुँदा उनी गंभीर घाइते भएका थिए । उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो । सो घटनामा सशस्त्र प्रहरीका एसपी बलराम पोख्रेलको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरु सवार ना १ झ १६३३ नम्बरको जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किँदा अन्य ३ जना घाइते भएका थिए ।